फागुन १४, सल्यान – बागचौर नगरपालिकाका सबै वडामा विद्युत उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
उज्यालो बागचौर अभियान अन्तर्गत बागचौर नगरपालिका १२ वटै वडामा बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीद्वारा विद्युत लाइन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बुढाथोकीले आज अर्थात् शनिबार बेलुका ७ बजेतिर बागचौर नगरपालिकाको वडा नं. ७ को खारामा र साँझ ८ बजे वडा नं. ११ को पानीचौरमा विद्युत लाइन उद्घाटन गरेका हुन ।
विद्युत उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले बत्ती बाल्ने जस्तो कुरामा जनतालाई नरोक्ने ध्ययले यसरी रातलाई रात नभनी रप्तारमा लागेर विद्युत उद्घाटन गरिरहेको बताएका छन । उनले आफू सरकारमा भएदेखि दीर्घकालीन योजनाहरुमा बढी जोड दिएको बताए । लगातार रुपमा लागेर अहिले १२ वटै वडामा बत्ती बालिसकेकोमा सबै भन्दा सन्तुष्टि आफुलाई मिलेको अनुभुती गर्दै जनताहरुका पनि यहि अनुसार बत्ती मात्रै हैन मन, मस्तिष्क बाल्न आग्रह समेत गरेका छन । आ.व.२०७८/०७९ मा नै साबिकका ५४ वटै वडामा विद्युत् लाइन विस्तार गर्ने लक्ष्यका साथ नगरपालिका अगाडि बढिरहेको बताए । उनले भने म लगायत जनप्रतिनिधि निर्वाचित भएदेखि नै गरेका कामका परिणामहरू देखिँदै गइरहेका छन र बाँकी कामहरू पनि देखिँदै जानेछन् ।
आज उद्घाटन भएका ७ र ११ वडाका करिब ५०० घरधुरी लाभान्वित भएका छन । हिजो मात्रै ३ वटा वडाका ४ ठाउँमा विद्युत उद्घाटन भैसकेको छ भने अन्य वडामा त्यो भन्दा पहिले नै बत्ति बलिसकेको थियो ।