फागुन १४ काठमाडौ – जबर्जस्ती करणी अभियाेग लागेका पल शाह( पुर्ण विक्रम शाह) प्रकरणकाे लागि पक्राउ परेका फिल्म निर्देशक सुदर्शन थापालाई प्रहरीले सामान्य साेधपुछ पछि छाेडेकाे छ।
एक टेलिभिजनमा अन्तरवार्ताका दिदै गरेका थापालाई सोधपुछका लागि भन्दै शनिबार महानगरीय प्रहरी कार्यालयले नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा लिएर साेधपुछ गरेपछि छाडेकाे हाे।
थापा पल शाहले अभिनय गरेकाे चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता समेत हुन। उक्त चलचित्र शुक्रबारबाट प्रदर्शन भइरहेको छ।
बुधबार एक चर्चित गायिकाले आफुमाथि जबर्जस्ती करणी गरेकाे भन्दै अभिनेता शाह विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकि छिन। त्यस यता प्रहरीले घटनाको अनुसन्धानकाे लागि शाहकाे खाेजि गरिरहेकाे जनाएको छ।