भाद्र २९ राेल्पा – त्रिवेणी गाउँपालिका राेल्पाकाे आयाेजना तथा सेभ द चिल्ड्रेन र मानव अधिकार सचेतनकेन्द्र हुरेक राेल्पाकाे आयाेजनामा बालश्रम निवारण सम्बन्धि रणनीति याेजनाकाे समीक्षात्मक कार्यक्रम त्रिवेणी गाउँपालिकाकाे बहुउद्देश्यीय सभा हलमा सम्पन्न भएकाे छ।

`असल अभिभावक ,सुरक्षित बालबालिका :सुखी र समृद्ध त्रिवेणी गाउँपालिका´ भन्ने मूल नाराका साथ सन्चालन भएकाे कार्यक्रमकाे समीक्षा खुल्ला तीन समूहमा विभाजन गरेर त्रिवेणी गाउँपालिकाकाे बालश्रम निवारण सम्बन्धि त्रिवर्षिय रणनीति याेजनाकाे समिक्षा र आगामि दिनकाे कार्ययोजना बनाईएकाे थियोे । बालश्रम निवारण सम्बन्धि रणनीति र याेजनालाई प्रत्येक समुहका एक/एक जनाले प्रस्तुत गर्नु भएकाे थियोे ।

गाउँपालिका अध्यक्ष शान्त कुमार वलीकाे अध्यक्षतामा सन्चालन भएकाे कार्यक्रममा अथितिहरु गाउँपालिकाका उपाध्यक्ष सावित्रा बुढा( घर्ती ),वडा न १ का वडा अध्यक्ष देउराम घर्ती ,वडा न २ का वडा अध्यक्ष कविराज घर्ती ,वडा न ५ का वडा अध्यक्ष कृष्ण बहादुर केसी ,वडा न ४ का वडा अध्यक्ष भिम बहादुरी खत्री ,वडा न ६ का वडा अध्यक्ष लेखमणि डागी, गाउँबाल अधिकार संरक्षण संयाेजक राम बहादुर घर्ती ,गाउँ बाल संरक्षण संयाेजक भद्रकली राना ,सेभ द चिल्ड्रेनका कार्यक्रम संयाेजक कान्ति खड्का ,हुरेक राेल्पाका कार्यक्रम संयाेजक धरेन्द्र डागी, माहुरी हाेम परियाेजनाका सामाजिक परिचालक राजेन्द्र घर्ती ,आसा परियाेजनाका प्राबिधिक लालमणि आचार्य ,गाउँपालिका स्तरीय बाल सन्जालका उपाध्यक्ष धनमाया केसी रहनुभएकाे थियाे ।

बालश्रम निवारण सम्बन्धि रणनीति र कार्ययोजनामा दुई वर्ष भित्रमा कति कार्य सम्पन्न भए कति कार्य कार्ययोजना गर्न कति बाँकी छन त्यसकाे बारेमा व्यापक छलफल भएकाे थियाे । गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले हुरेक राेल्पा र सेभ द चिल्ड्रेनले बालबालिका क्षेत्रमा गरेकाे कार्य अतुलनीय रहेकाेले बालश्रम निवारण सम्बन्धि रणनीतिलाई अनुसरण गर्दै आगामि दिनमा पनि त्यहि कार्यलाई निरन्तरता दिने प्रतिबद्वता जनाउनु भएकाे थियोे ।

कार्यक्रमकाे सन्चालन प्रशासकीय अधिकृत हेमराज उपाध्यायले गर्नु भएकाे थियाे भने समिक्षात्मक कार्यक्रममा जनप्रतिनिधि ,गाउँपालिका बिषयगत शाखाका कर्मचारी बाल सन्जालका प्रतिनिधि लगाएतकाे सहभागीता रहेकाे थियाे

प्रकाशित मिति : २०७७ भाद्र २९ गते सोमवार