फागुन १४, सल्यान – सल्यानको बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले शुक्रबार मात्रै एकैसाथ बागचौर नगरपालिका भित्रका ३ वटा वडाका ४ ठाउँमा विद्युत उद्घाटन गरेका छन ।
उज्यालो बागचौर अभियान अन्तर्गत बागचौर नगरपालिकाको वडा नं. ६ को वडा कार्यालय जामुनेचौर, वडा नं. ४ को मगर नमुना बस्ती, अनि पैयाडाँडा र वडा नं. १२ को स्याउली बजारमा विद्युत लाइन उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
विभिन्न ठाउँमा विद्युत उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले आ.व.२०७८/०७९ मा नै साविकका ५४ वटै वडामा विद्युत लाइन विस्तार गर्ने लक्ष्यका साथ नगरपालिका अगाडि बढिरहेको बताउदै आगामी केही दिन लगतै वडा नं. १२ को वडा कार्यालय दोभान बजार, वडा नं. ११ को वडा कार्यालय पानीचौर, ७ नं. वडा कार्यालय कोटबारामा लगातार विद्युत उद्घाटन गर्ने गरि रफ्तारमा काम भै रहेको बताएका छन । उनले हिजो नै सबैतिर विद्युत उद्घाटन गरिसक्ने लक्ष्यले हिडेता पनि एक्कासी आएको मौसम परिवर्तनसँगैको पानिले असर गरेको बताउँदै तत्कालै बाँकी ठाउँमा पनि विद्युत उद्घाटन गर्ने जानकारी दिएका छन ।
बुढाथोकीले मान्छेहरु नबुझेर बत्ती बलेन भनेर गुनासो गरिरहेको भन्दै विद्युत बाल्ने कुरा अन्य काम जस्तो सजिलो नभएको र यसका लागि विभिन्न प्रक्रिया पूरा गर्नु पर्ने भएकोले थोरै समय लाग्न गएको बताएका छन । यहि आर्थिक वर्षभित्र सबै वडाका सबै ठाउँमा बत्ती बलिसक्ने कुरा समेेेत बताए । उनले भने हामीले विकास नगरेको होइन सबै वडाका कुना-कुनामा पुगेर हेर्ने हो भने विकासका कामहरु भएकै छन, पहिलो कुरा हामीसँग आएको बजेट कति हो, त्यसको कार्यान्वयन कति भएको छ र अवधि कति थियो यी सबै कुरालाई ख्याल गर्ने हो भने विकासका कामहरु सबैतिर सोचेभन्दा राम्रो भएको बताउँदै सोचेजति बजेट आईदिएको भए आझ स्तोरउन्नतीका काममा जोड दिने कुरा बताए ।बुढाथोकीले नगरका १२ वटै वडाका सम्पुर्ण जनतालाई सम्बोधन हुने किसीमले बजेट बिनियोजन गर्दै आएको बताए । बिधुत उद्घाटन कार्यक्रममा बोल्दै उनले दृर्घकालिन विकास निर्माणमा आफ्नो पहिलो लक्ष्य रहेको बताउँदै, नगरको समृद्धिका लागी सधै लागी परेको बताएका छन् ।
बागचौर नगरपालिका अन्तर्गत वडा नं. ८ र १० पुर्ण उज्यालो वडा हुने गरि लाइन विस्तारको काम भै रहेको छ भने अन्य वडामा पनि साविकका कुनै पनि वडा नछुट्ने गरि लाइन विस्तारको कामलाई तिव्रता दिइएको विद्युत सव इन्जिनियर टिकाराम खत्रीले जानकारी दिएका छन । अधिकांश ठाउँमा विद्युत लाइन विस्तारको काम भै सकेको तर नेपाल विद्युत प्राधिकरणबाट माग गरिए बमोजिम मिटर बक्स आपूर्ति हुन नसकेको कारण घरघरमा बत्ती बाल्न समस्या उत्पन्न भैरहेको इन्जिनियर खत्रीले जानकारी दिएका छन ।बिधुत उद्घाटन पछि स्थानीय बासिन्दाहरुले बर्षौ सम्मको बिधुत बाल्ने धोको संघियता आएपछि पूरा भएको बताएका छन् ।शुक्रबार भएको बिधुत उद्घाटन बाट तीन वडाका करिब ८ सय घरधुरी लाभान्वित भएको बताइएको छ ।
कार्यक्रममा बागचौर नगरपालिका कार्यालयका योजना अधिकृत श्री पुर्ण बहादुर वली, नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्र प्रतिनिधि गिरिजेश शुक्ला र बागचौर कार्यालयका कर्मचारी भरत रावत, सम्बन्धित वडाका जनप्रतिनिधिहरु लगायत स्थानीय राजनीतिक दलका अगुवा नेता कार्यकर्ता तथा जनसमुदायहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।