फागुन १३ काठमाडौ – आज पनि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ।

दिउँसो १ बजेका लागि बाेलाइकाे बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौतामाथि छलफल गरियाेस भनी अर्थ मन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले महान्याधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश गर्ने कार्यक्रम तय गरिएको थियाे।

हिजो पनि स्थगित गरी आजका लागि बोलाइएको थियो। नेकपा एमालेसँगको छलफल टुंगो नलागेको र सत्ता गठबन्धनमा सहमति नभएको अवस्थामा सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुखलाई आग्रह गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद्को अर्को बैठक फागुन १५ गते आइतबार दिउँसो १ बजेका लागि बस्ने गरि प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) अनुसार स्थगित गरेका हुन।

प्रकाशित मिति : २०७८ फाल्गुन १३ गते शुक्रवार