फागुन ११ काठमाडौ – बैंक तथा वित्तीय अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको पुरानो बानेश्वरबाट एक चिनियाँ नागरिक सहित ३७ जनालाई पक्राउ गरेको छ।

सिन्धुली घर भई ललितपुर बस्ने दीपक श्रेष्ठको नाममा लेमन ग्रुप अफ कम्पनी दर्ता गरी चिनियाँ नागरिक च्याङ हु वओले नेपालीको प्रयोग गरी बैंकिङ कसुर गरेको खुल्न आएकाे महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ।

उक्त गिराेहले इजी क्रेडिट, फ्रि क्यास, ह्याण्डी लोन, गो लोन, रुपी स्टार र हाइ क्यास लगायत एप्लिकेशन मार्फत गैरकानूनी तवरले लोन स्किम दिइरहेको छ भन्ने विशेष सूचनाका आधारमा सोमबार महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त प्रहरी टोलीले पुरानो बानेश्वरमा छापा मारी उनीहरुलाई अपरान्ह ४ बजेतिर करिब नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट चिनियाँ नागरिकले प्रयाेग गर्दै आएका २ थान माेबाईल र उनिहरुले प्रयाेग गर्न तयार पारेका एप्लिकेशन भएका ४ थान ल्यापटप लगायतका सामग्री बरामद गरिएको गरि उक्त घटनाका सम्बन्धमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार