फागुन १० काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ता ओलीको अडानमै सकिएको छ।

मंगलबार बेलुका प्रधानमन्त्री निवासमा करिब २ घण्टा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई एमसीसी पास गराउनका लागि सहयोग गर्न आग्रह गरेका थिए। तर ओलीले एमालेले विगत देखि उठाएका मागकाे सम्बाेधन नभएको प्रति देउवालाई स्मरण गराएका थिए।

ओलीले एमालेका मागहरु जायज भएकाले सम्बाेधन गर्न यदि नभए अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने अडानमै रहेपछि भेटवार्ता एतिकैमा सकिएकाे बैठकमा सहभागी कांग्रेस उपसभापति पुर्णबहादुर खडकाले बताए।

भेटवार्तामा कांग्रेस उपसभापति खडका र एमाले तर्फबाट बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष  विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल पनि सहभागी थिए।

प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार