फाल्गुन १० राेल्पा – रुन्टीगढी गाउँपालिकाकाे सबैभन्दा विकट क्षेत्र मानिने रुन्टीगढी गाउँपालिका वडा नं ३ लखना अब सडक संजालसंग जाेडिएकाे छ।

मंगलबार उक्त सडकको एक कार्यक्रमका बिचमा उद्घाटन गरिएको छ । रुन्टीगढी गाउँपालिकाको सुर्पालबाट नयाँ ट्रयाक खाेले संगै लखना क्षेत्र सडक संजालसंग जाेडिएकाे हाे। याे क्षेत्र ३ वटा जिल्लाको संगम (रोल्पा,प्युठान र दाङ) भएको हुदाँ प्युठान स्वर्गद्धारी नगरपालिकाका नगर प्रमुख नेत्र बहादुर रोकायले रिवन काटेर उदघाटन गरेका हुन।

रुन्टीगढी गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को करिब २५ लाख रुपैयाँको लागतमा बाजन ,पेटी, लखना मोटरबाटो सम्पन्न भएको हो । अब लखनावासीले पनि सहज रुपमा यात्रा गर्न तथा सामान ढुवानी गर्नको लागी सहज हुने रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले बताए।

कार्यक्रमा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा , उपाध्यक्ष छमायाँ पुन होेलेरी नो लाइट सेवाका सोमराज वि.क.,विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु,इन्द्रदेवी आधारभुत विद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर वली, पत्रकार तथा स्थानिय नागरिकको उपस्थिती रहेको थियो ।

कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बुढाले विद्यालय,सडक तथा अन्य संरचनाको अनुगमन समेत गरेका छन अनुगमनका क्रममा स्थानिय नागरिककहरुले लखना क्षेत्रमा बाटोको विस्तार गरिएकोमा स्थानिय सरकार रुन्टीगढी गाउँपालिकालाई धन्यवाद दिदै अक बिद्युत तथा विद्यालयका लागि भवन समेत आबश्यक रहेको कुरामा जोड दिएका थिए ।

कार्यक्रममा बाेल्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बुढाले लखनावासीले उठाएको मागको विषयमा आफु निकै सकारात्मक तथा गम्भिर भएको उल्लेख गर्दै अतिआबश्यक मागहरुको सम्बाेधनको लागी प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता गरेका छन।

प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार