भाद्र २९ सल्यान – जिल्ला प्रहरी कार्यालय सल्यानमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी लिएर आएका प्रहरी नायव उपरीक्षक (डिएसपी) गोबिन्द थापाले सल्यानका संचारकर्मिहरु संग परिचयात्क कार्यक्रम गरेका छन । आइतबार सल्यान जिल्ला स्थित पत्रकारहरु बिच भएको परिचयात्मक कार्यक्रममा आफ्नो कार्यालयबाट न्याय बिक्री नहुने बताएका छन ।

परिचयात्मक कार्यक्रममा बाेल्दै
कार्यक्रममा बोल्दै उनले कसैको दबाब र प्रभावमा आएर आफुले काम नगर्ने बताएका छन । कानुन सबैलाई लाग्ने बताउदै उनले कानुनको पालना गर्न आग्रह गर्दै निष्पक्ष रुपमा सत्य,सेवा र सुरक्षा प्रहरी संगठनको मुलमन्त्र भएकैै कारण सत्यमा आधारित भएर छिटो छरितो सेवा प्रवाह गर्ने र नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुती गराउने बताएका हुन । जिल्ला बासिको शान्ती सुरक्षाको लागि कुनै कसर बाकी नराख्ने र त्यसकाे लागि आफुलाई सबै पक्षसंग सहकार्य र समुन्वय सहयोगबाट समृद्ध समाज निर्माण हुने भन्दै सहयोगको आग्रह समेत गरे ।
तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एंव प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ७६४ मिति २०७७।०५।१५ गतेको पत्रादेश अनुसार सरुवा भई प्रहरी कार्यालय सल्यानकाे कार्यालय प्रमुख भई आयका हुन । उनी यहि भाद्र २५ गते यस कार्यालयमा हाजिर भयका थिय । आफ्नो कार्यालयमा आए लगतै सम्पुर्ण शाखाहरुमा निरीक्षण गर्नुका साथै सम्पुर्ण प्रहरी कर्मचारीलाई आवश्यक विभागीय नीति निर्देशन सम्बन्धी ब्रिफिङ गरिसके छन ।

कार्यालयका विभिन्न शाखाकाे अनुगमन गर्दै
कार्यक्रममा सल्यान जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था र कोभिड १९ लगायतका विषयमा छलफल तथा अन्तरक्रिया पनि भएको थियो ।