फागुन १० सल्यान – नेकपा एमाले परित्याग गरि नेकपा एकीकृत समाजवादीमा करिब १०० जना बढी प्रवेश गरेका छन।

मंगलबार सल्यान खलंगा स्थित जिल्ला समन्वय समितीको सभाहलमा शारदा नगरपालिका स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा एमालेका कर्णाली प्रदेश सदस्य लोक बहादुर डाँगी सहित एक सय भन्दा बढी कार्यकताले समाजवादीमा प्रवेश गरेका छन। डाँगी गत २०७४ सालकाे स्थानीय तह निर्वाचनबाट बागचौर नगरपालिका प्रमुखकाे एमालेबाट उम्मेदवार थिए।

पार्टी प्रवेश गर्नेहरुमा जिल्ला सदस्यहरु, खुमराज ओली, खेम कुमारी डाँगी, नन्दलाल अधिकारी, भुपाल डाँगी लगायतका रहेका छन् । नेकपा एमाले छोडेको आफुलाई आमाको काख छोडेको जस्तै अनुभुती भएको बताउदै, यो पार्टी छोड्न बाध्यात्मक परिस्थिति आएको बताएका छन ।

नेकपा एमालेमा बस्न रहर भएको साथै नेकपा एमालेको निति, विधि राम्रो भएको तर नेकपा एमालेको नेतृत्व अराजक, उदण्ड, स्वेच्छाचारी, भ्रष्टाचारी, तनासाही र निरकुश भएकाले आफू जस्ता आधारभूत वर्गका कमरेड बस्न नसक्ने बताए । उनले व्यक्तिगत रुपमा कसैलाई आरोप, पत्यारोप लगाउन भन्दा पनि तलदेखि माथिसम्म नेतृत्व स्वेच्छाचारी एवम् अधिनायकवादी, कुरुप छ त्यसैले त्यहाँ इमानदार कार्यकर्ता एवम् नेताहरुको कुनै ठाउँ नभएकोले विस्तारै सबै नेकपा एमाले छोड्ने बताए

एमाले परित्याग गरेकाे घाेषणा गर्दै डाँगीले भने नेकपा एमालेमा बस्न रहर भएको साथै नेकपा एमालेको निति, विधि राम्रो भएको तर नेकपा एमालेको नेतृत्व अराजक, उदण्ड, स्वेच्छाचारी, भ्रष्टचारी, तनासाही र निरकुश भएकाले आफू जस्ता आधारभूत वर्गका कमरेड बस्न नसक्ने बताए।

उनले नेकपा एमालेलाई प्राईभेट कम्पनीको उपनाम दिदै त्यहाँबाट आफुजस्तै थुप्रै नेताहरु बाहिरिएर अन्तिम नेकपा एमाले खरानी हुने समेत बताएका छन। उनिहरुलाई राष्ट्रिय सभा सदस्य उदय बोहरा र उप महासचिव प्रकाश ज्वालाले खादा र माला लगाएर पार्टीमा स्वागत तथा प्रवेश गराएका हुन

प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार