फागुन ९ काठमाडौ – आफ्नाे मतदाता परिचयपत्र हराएको, च्यात्तिएको वा नष्ट भई विविध कारणले आफुसंग नभएको भए आगामी २० गते भित्र सम्बन्धित निर्वाचन कार्यालय मार्फत पुन: लिन सकिने निर्वाचन आयाेगले जनाएको छ।
आयाेगले यसअघि नै उक्त सुचना जारी गरे अनुसार सम्बन्धित व्यक्ति भौतिक रुपमा उपस्थित भई सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता, मतदाता परिचयपत्रमा उल्लेख भएको नम्बर वा मतदाता परिचयपत्र नबुझिने गरी च्यातिएको भए सोही परिचयपत्र लिएर जिल्ला निर्वाचन कार्यालयमा गई लिन सकिने जनाएको छ।
त्यसैगरि विवरणहरु त्रुटि भएको सच्याउनु परेमा आयाेगकाे गत ५ गतेकाे निर्णय अनुसार अब सम्बन्धित व्यक्ति भौतिक रुपमा उपस्थित नभएरै जुनसुकै निर्वाचन कार्यालयमा इमेल र फ्याक्स मार्फत आफ्नो सबै विवरण पठाएर सच्याउने व्यवस्था मिलाइएकाे आयाेगले जनाएको छ।