फागुन ८ काठमाडौ – आज दिउँसो १ बजेका लागि बाेलाइएकाे प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरु सहमत भएका छन।

अघि १० बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल लगायतका नेताहरु सहभागी बैठकले आज संसदमा एमसिसी टेबल गर्ने निर्णय गरेको छ।

एमसीसीका विषयमा गठबन्धनको बैठकमा पाँचै पार्टीका नेताहरूले आ–आफ्नो धारणा राखेका थिए। यस विषयमा संसदम‌ै छलफल गर्न उपयुक्त हुने निष्कर्ष निकाल्दै बैठक सकिएको र अब लगत्तै सभामुख मार्फत बाेलाइएकाे कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्ने र उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्ने नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीलाई जानकारी दिए।

प्रकाशित मिति : २०७८ फाल्गुन ८ गते आइतवार