फागुन ७ दाङ – अवैध सम्बन्ध लुकाउन प्रेमिसंग मिलेर याेजनावद्व तरिकाले श्रीमानकाे हत्या गरेकाे आराेपमा श्रीमती सहित एकजना पुरुष पक्राउ परेका छन।
राप्ती गाउँपालिका वडा नं. -३ वसन्तपुरकी अन्दाजी ५० वर्षिय उमादेवी चौधरी र साेहि गाउँपालिका मसुरियाका अन्दाजी वर्ष ५२ हनुमान चौधरीले उमादेवीका श्रीमान ५४ वर्षिय लप्टेन चौधरीको हत्या गरेको आराेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
फाुगन १ गते काम गर्न गढवा गाउँपालिका वडा -३ गोवरडिया गए देखि श्रीमान बेपत्ता भएकाे भन्दै खोजतलासका लागि उमादेवीले फागुन ५ गते लिखित निवेदन दिएपछि प्रहरीले लप्टेनकाे खाेजि गर्ने क्रममा साेहि दिन बेलुका ६ बजेतिर राप्ती गाउँपालिका -२ स्थित काेठरी राप्ती नदीमा एक पुरुषकाे शव फेला परेको भन्ने सुचनाकाे आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरीक्षक भुवन भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले शव पहिचानको लागि साेधपुछ गर्दा उमादेवीले आफ्नाे श्रीमान रहेकाे सनाखत गरेकि थिइन।
यसअघि देखि नै मृतक श्रीमान लप्टेन र श्रीमती उमादेवीकाेलाई राप्ती गाउँपालिका वडा नं. -३ मसुरियाका हनुमान चौधरीसंग अबैध प्रेम सम्बन्ध रहेको कुटपिट गर्ने गरेकाे र गाउँसमाजमा बेईज्जत गरेपछि हत्याको योजना बनेकाे प्रारम्भिक अनुसन्धान पछि खुलेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए।
त्यसपछि उमादेवीले गत माघ २९ गते बेलुका श्रीमान लप्टेनले आफुलाई मार्ने धम्की दिदै हातपात गरेको उनका प्रेमि भनिएका हनुमान फोन गरी गरेर भनेपछि हनुमानले अवस्था कस्तो छ भनी सोधेपछी नशामा लठ्ठ छ भनेपछि पहिला श्रीमान लप्टेन संगै सुतेकी उमादेवी १२ छोरीलाई लिई अर्को कोठामा गएर राति करिब १० बजेतिर हनुमान उमादेवीकाेले घरको दक्षिण पट्टीको ढोका खाेलिदिए पछि साेहि ढाेकाबाट घर भित्र पसी सुतिरहेका लप्टेनकाे छातीमा मुक्का प्रहार गरेर भुईमा लडाई घाँटी च्यापी हत्या गरेर आफैले बोकेर राप्ती नदी किनारमा फालेकाे बयान प्रहरीलाई दिदै हत्या स्विकार गरेकाे प्रहरी उपरीक्षक काफ्लेले बताए।