फागुन ६ राेल्पा – नेकपा एमाले रोल्पाको जिल्ला अधिवेशनकाे मिति तय गरिएको छ।
बिहीबार बसेको एमाले राेल्पा कमिटीकाे सचिवालय बैठकले आगामी फागुन १९ र २० गते त्रिवेणी गाउँपालिका स्थित नुवागाउँमा सम्पन्न गर्ने प्रचार विभाग प्रमुख दयाराम डाँगीले बताए।
यसअघि केन्द्रीय कमिटीकाे निर्णय अनुसार गत पुस २३ गते अधिवेशन गर्ने गरि तयारी भएकै बेला पार्टीको काममा हिडेका तत्कालीन पार्टी सचिव निमप्रसाद रोकाको हृदयघातका कारण निधन भएपछि स्थगित गरिएको थियाे।