फागुन ५ काठमाडौ – एमसीसीकाे विरोधमा निरन्तर प्रदर्शन गर्दै आएकाे नेत्रविक्रम चन्द `विप्लव´ नेतृत्वकाे नेकपा सहित ६ पार्टी र दुई मोर्चाले थप विराेधका कार्यक्रम संयुक्तरुपमा सार्वजनिक गरेका छन।

बिहीबार नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको संयुक्त बैठकले एमसिसी सम्झौता विरुद्धको सरकारलाई दबाब दिने भन्दै थप प्रदर्शनका कार्यक्रम गर्ने निर्णय गरेकाे छ। बैठकमा विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कटेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वकाे नेकपा माओवदी केन्द्र समाजवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपाल, सीपी गजुरेलको देशभक्त जनगणतान्त्रिक मोर्चाका र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रतिनिधिहरुकाे उपस्थिति थियाे।

उक्त बैठककाे निर्णय सहितकाे प्रेस विज्ञप्ति सार्वजनिक गर्दै संयुक्त प्रदर्शनरत दलहरुले भाेलि ६ गते शुक्रबार देशभर विराेध प्रदर्शन र राजधानी काठमाडौं दिउँसो १२ बजे माइतघर मण्डला देखि नयाँ बानेश्वरसम्म संयुक्त विरोध र्‍यालीको आयोजना गरेकाे विज्ञप्तिमा उल्लेख गरिएको छ। तर भाेलि पनि नेपाल बन्द भने नभएको नेकपाले जनाएको छ। विराेध प्रदर्शन मात्रै भएकाेले कसैलाई बन्द नै हाेकि भन्ने लाग्न सक्छ तर भाेलि देशभर विराेध प्रदर्शन मात्रै भएको र सरकारकाे पछिल्लो कदम अनुसार थप याेजना सहित अघि बढने नेकपा स्राेतले जनाएको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन ५ गते बिहिवार