फागुन ४ दाङ – आफ्नै बुवाकाे धारिलो हतियार प्रहार गरि छाेराले हत्या गरेका छन।
शान्तिनगर गाउँपालिका वडा नं ३ चिराघाट बेलडाँडा बस्ने छाेरा १९ वर्षिय गोपाल पुन मगरले र आफ्ना बुवा ६३ वर्षिय कर्ण बहादुर पुनको तरकारी काटने चक्कुले घाँटी रेटेर बुधबार दिउँसो करिब १ बजेतिर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
उक्त घटनाकाे सूचना पाए लगत्तै प्रहरी चौकी चिराघाट र ईलाका प्रहरी कार्यालय खिलतपुर बाट खटिएको संयुक्त प्रहरी टाेलिले गाेपाललाई पक्राउ गरिएकाे र शवकाे पाेष्टमार्टकाे लागि आवश्यक प्रकिया गरिख घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए।