फागुन ४ गुल्मी – गएराति मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्स आगजनी गरेको छ।

मुसिकोट नगरपालिका ४ बडागाउँ स्थित बडागाउँ स्वास्थ्य चौकीको एम्बुलेन्समा आगजनी भएको छ। लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे अज्ञात समूहले आगलागी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

उक्त एम्बुलेन्स भारतीय भुतपूर्व सैनिकको सहयोगमा बडागाउँ स्वास्थ्यचौकीले सञ्चालन गर्दै आएको थियो। मुसिकोट ४ स्थित डाँडाथोक घरमा रोकेर राखेको एम्बुलेन्समा एक्कासी आगलागी भएको स्थानीयले देखेपछि मात्रै थाहा भएकाे स्थानीय आगाे नियन्त्रणमा लिदालिदै अगाडिको भाग पुरै जलिसकेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गाेपाल चन्द्र भट्टराईले बताए।

घटनास्थलमा बामी प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक जनक थापाकाे कमान्डमा प्रहरी खटिएको र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार