फागुन ३ काठमाडौ – शिक्षकहरुलाई विद्यालय समयमा आफ्नो आयाेग अन्तर्गतका कक्षामा सहभागी नहुन शिक्षा मन्त्रालयले चेतावनी सहित निर्देशन दिएकाे छ।

पछिल्लो समय विद्यालय समय भित्र शिक्षकहरु विद्यालयमा हाजिर भएर लाेक सेवा आयाेग, शिक्षक सेवा आयाेगका विभिन्न तयारी कक्षा काेचिङ तथा ट्युसनका अनलाइन कक्षामा सहभागी हुने गरेकाे पाइएपछि मन्त्रालयकाे शिक्षा तथा मानस्राेत विकास केन्द्र अन्तर्गतको शिक्षक व्यवस्थापन महाशाखाले मंगलबार देशभरका सबै शिक्षा विकास तथा समन्वय ईकाइ मार्फत सबै स्थानीय तहहरुलाई चेतावनी सहितको पत्राचार गरेकाे छ।

विद्यालय समयमा शिक्षहरुले उक्त कार्य गरेमा शिक्षा नियमावली ५९ काे नियम १३३ उपनियम (१) काे प्रावधान विपरीत हुन जाने हुदा विभागिय सजाय समेत हुने हुदा उक्त कार्य नगर्न र ईकाइ मार्फत नियमित अनुगमन गर्न सबै स्थानीय तहलाई पत्राचार गरेकाे हाे।

प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार