माघ २९ बाँके – भेरी अस्पतालमा २४ घण्टा भित्रमा २ जना काेभिड संक्रमितकाे मृत्यु भएको छ।
मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका ९ बाँकेका ८४ वर्षिय पुरुषकाे शुक्रबार राति करिब साढे १० बजेतिर र भेरीगंगा नगरपालिका -३ सुर्खेतका ९० वर्षिय पुरुषकाे शनिबार बेलुका पौने ७ बजेतिर मृत्यु भएकाे डिसीएमसी बाँकेका फाेकल पर्सन तेज वलीले बताए।
बाँकेका ८४ वर्षिय पुरुष गत १९ गते देखि र सुर्खेतका ९० वर्षिय पुरुष गत २२ गते देखि उपचाररत थिए। मृतक दुवैले कोभिसिल्डको दुबै मात्रा खोप लगायको र यो संगै बाँके जिल्लाको मृत्युु संख्या ३५० र अन्य जिल्लाको मृत्यु संख्या ४४५ पुगेकाे फाेकल पर्सन वलीले बताए।