माघ २९ रोल्पा – नेपाल कम्युनिस्ट पार्टी गंगादेव गाउँ कमिटिले यूवा संगठन नेपाल गंगादेव -२ का वडा कमिटी सदस्य भुपेन्द्र वलीको २० वर्षको कलिलो उमेरमा शनिबार भएको असामयिक दुखद निधनप्रति दुःख व्यक्त गरेको छ ।
शनिबार गंगादेव गाउँ कमिटि इन्चार्ज किरण र सेक्रेटरी मूस्कानले एक विज्ञप्ति जारी गर्दै वलीको निधनले आफु र पार्टीलाई दूखी एवंम स्तब्ध बनाएको बताएका छन । साथै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हेर्नुस विज्ञप्ति
हार्दिक श्रद्धाञ्जली
रोल्पा जिल्ला गंगादेव गाउँपालिका २ रमाई निवासी तथा हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी सदस्य, गंगादेव गाउँकमिटी युवा संगठन नेपाल २ नम्बर वडाकमिटि सदस्य भुपेन्द्र वलीको २० बर्षको उमेरमै असामयिक दुखद निधन भएको खबरले हाम्रो पार्टी पंक्तिलाई दु:खी एबं स्तब्ध बनाएको छ ।
मृतक क. भुपेन्द्र वली प्रति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी गंगादेव गाउँकमिटि हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै क. भुपेन्द्रको शोकाकुल परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछौ ।
क. किरण
इन्चार्ज
क. मुस्कान
सेक्रेटरी