माघ २८ काठमाडौ – आगामी फागुन १ गतेबाट विद्यालय खाेल्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरेकाे छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) काे सिफारिस अनुसार शिक्षा तथा मानव स्राेत विकास केन्द्र अन्तर्गतको विद्यालय मापदण्ड निर्धारण शाखाले देशभर ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई मार्फत शुक्रबार सबै स्थानीय तहलाई पत्राचार गरेकाे हाे।

गत आइतबार बसेको सिसिएमसीको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरि सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गृह मन्त्रालयलाई एकैसाथ सिफारिस गरेको थियाे।

१२ वर्ष माथिका विद्यार्थीहरुले काेभिड विरुद्धको खाेप लिईसकेकाे र लिनेक्रममा रहेकाले नियमित कक्षा सञ्चालन गर्ने र १२ वर्ष मुनिकालाई आलोपालो प्रणालीबाट कक्षा सञ्चालन गर्न निर्देशन सहित सिफारिस गरेकाे थियाे।

सरकारले कोरोना कारण गत पुस २७ गतेदेखि माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेकाे मा जोखिम कायमै भएपछि पुनः विदा लम्ब्याएर माघ मसान्तसम्म गर्ने निर्णय गरेकाे थियाे। तर कतिपय स्थानीय तहहरुले भने आफुखुशी विद्यालय निरन्तर संचालन गरिरहेका छन।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार