माघ २८ दाङ – तुलसीपुर उपमहानगरपालिका-५ `ङ´ लाईनमा रहेको चप्पल गोदाममा गएराति २ बजेतिर आगलागी हुदा ५ जनाको मृत्यु भएको छ।

इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको आगलागीमा परी मृत्यु हुनेमा चार पुरुष र एक महिला मृत्यु भएकाे र उनिहरु कसैकाे पनि सनाखत हुन नसकेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उक्त गोदाम रहेको भवनकाे पहिलो तलाबाट सुरु भएको आगाे लागेकाे चार तला सम्म पुगेकाे ५ वटा शव निकाली पाेष्टमार्टमकाे लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको र अहिले ७ बजेपछि आगाे पुर्ण नियन्त्रणमा आएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताए।

आगाे नियन्त्रणकाे लागि तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले आगाे नियन्त्रण लिइएको छ। आगाे कसरी लाग्यो भने अझै एकिन नभएको हुदा अहिले नै यसै भन्न नसकिने र घटनाबारे  अनुसन्धान गरिरहेकाे छ। जिल्लाबाट पनि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी सहितकाे टाेली घटनास्थलमा पुगिसकेको प्रहरी उपरीक्षक काफ्लेले बताए।

त्यसैगरी उक्त आगलागीबाट व्यवसायी परिवारकाे मृत्युकाे शाेकमा तुलसीपुर उद्योग वाणिज्य संघले आज एकदिन बन्द गर्ने निर्णय गरेको महासचिब बिनिल केसीले बताए।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार