माघ २७ सल्यान – बागचौर नगरपालिकाले पाँच वर्षको अवधिमा सम्पन्न गरेका र हुँदै गरेका विकास याेजनाहरुकाे प्रारम्भिक विवरण सार्वजनिक गर्नेक्रमा वडा नं.११ काे विवरण पनि सार्वजनिक गरेकाे छ ।
पाँच वर्षमा चालु तथा पुजिँगत र अन्य १ माथिका लाख भन्दा साना छुट विकास योजनाहरु, प्रधानमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम समेत गरेर वडा नं. ११ मा विनियोजन भएको प्रस्तुत प्रारम्भिक विवरण अनुसारको कुल जम्मा बजेट रु.५ करोड ५० लाख २४ हजार ६ सय ४० सहित वडा कार्यालय भवन, शौचालय, खेलमैदान निर्माण तथा व्यवस्थापन क्रमागत स्थानीय सरकारकाे ३४ लाख रहेकाे बागचौर नगरपालिकाका सुचना अभिकारी तिर्थराज डाँगीले जानकारी दिए।
सडक तथा पुर्वाधार विकास तर्फ
१) पातिहाल्न (११ नं. वडा प्रवेशको मुल ढोका), पानीचौर (वडा कार्यालय), दोभान बजार (वडा नं. १२ को कार्यालय) सडक मर्मत तथा स्तर उन्नति (क्रमागत) ३९ लाख ५४ हजार । स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी । यो रुटमा बिगत देखि नै नियमित बस सेवा संचालनमा रहेको ।
२) दह, धादेमारे, सिम्तेखर्क जुत्ता छराउने सडक (सहिद रिङ रोड) ट्रयाक ओपन तथा मर्मत ६० लाख (स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी)
३) पातिहाल्न, हारिचार, ओइलाम पुज्ने हुँदै खोला खागल सडक ३४ लाख (स्थानीय सरकार र मुख्यमन्त्री रोजगार कार्यक्रम साझेदारी) ।
४) पानीचौर हारिचार सडक ४ लाख ।
५) हारिचार बागगैरी सडक ३ लाख ।
६) हारिचार अल्या सडक २ लाख ५० हजार ।
७) भिता, सिमपानी हुँदै खोला खागल सडक निर्माण २ लाख ।
८) ओइलाम पुज्ने कृषि सडक निर्माण ४ लाख ।
९) पातीहाल्न भित्रीबन सडक ५ लाख ५० हजार ।
१०) खोरबुजे थालचौर सडक ७ लाख ।
११) दहचौर स्यालपारे हुदै बसारे सडक ५ लाख ।
१२) हिल्याखर्क, जनमुखी आवि सडक ४ लाख ।
१३) मोटिमुल हुँदै दर्का सडक १ लाख ५० हजार ।
१४) धाउखानी आल्या हुँदै दुधिलाबोट सडक २ लाख ५० हजार ।
१५) पातिहाल्न दोकान देखि जगर मसानघाट गोरेटो बाटो निर्माण ३ लाख । प्रधानमन्त्री रोजगार कार्यक्रम ।
१६) ओइलाम पुज्ने देखि पानीचौर खोलासम्म गोरेटो बाटो निर्माण ३ लाख प्रधानमन्त्री रोजगार कार्यक्रम ।
१७) कालिका मन्दिर देखि बसारे सडक मर्मत १५ लाख । मुख्यमन्त्री रोजगार कार्यक्रम ।
१८) हिलेखर्क डोब्रा हुँदै जनमुखी आवि सडक मर्मत १५ लाख । मुख्यमन्त्री रोजगार कार्यक्रम ।
१९) पल्टे खोला सल्याब पुल निर्माण ३ लाख ।
२०) चिनाली खोला सल्याबपुल ५ लाख ।
२१) लेखाला घट्ट सल्याब पुल ५ लाख ।
सडक पुर्वाधार विकास तर्फ कुल जम्मा – २ करोड २३ लाख ५४ हजार ।
विद्युत लाइन विस्तार तर्फ
१) दोभान बजार, रातामाटा, पानीचौर, हारिचार, सिम्ते खर्क, कुकुरगारे विद्युत लाइन विस्तार (क्रमागत) ९१ लाख । स्थानीय सरकार, प्रदेश सरकार (समपुरक अनुदान) ।
खानेपानी तथा सिचाइ तर्फ
१) तिम्ले गैरी, खर्क खानेपानी योजना १२ लाख ५० हजार ।
२) सिलनेटा टोल लिफ्ट खानेपानी १२ लाख ।
३) जुगेखोली खानेपानी १० लाख ।
४) हुनहुनेको छहरा देखि सिम्ते खर्क खानेपानी ४ लाख ।
५) गुनमारे पातिहाल्न खानेपानी ३ लाख ।
६) छापाहाल्या भित्रीबन खानेपानी २ लाख ।
७) पातिहाल्न खानेपानी ट्यांकी १ लाख ५० हजार ।
८) आल्याखोला भिरपाटी बागगैरी खानेपानी १ लाख ५० हजार ।
९) कालिका आवि खानेपानी १ लाख ।
१०) भित्रीबन बेदाने खोला लिफ्ट सिचाइ योजना १० लाख, प्रदेश सरकार ।
११) मसिनमेली धादेमारे सिचाइ ट्यांकी ८ लाख, प्रदेश सरकार ।
१२) लेख लिफ्ट सिचाइ ६ लाख, प्रदेश सरकार ।
१३) पानीचौर सिचाइ ट्यांकी ४ लाख, प्रदेश सरकार ।
१४) हारिचार सिचाइ ट्यांकी ४ लाख, प्रदेश सरकार ।
१५) आल्या खोला, हारिचार मावि, आल्याडाँडा लिफ्ट खानेपानी ४० लाख, प्रदेश सरकार ।
१६) भाँडेखोला खानेपानी १ लाख ।
१७) रिचार्ज पोखरी ७० वटा ११ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
खानेपानी तथा सिचाइ तर्फ कुल जम्मा १ करोड ३० लाख ५० हजार ।
पर्यटन तथा संस्कृति तर्फ
१) तिखिधुरी मन्दिर तथा बाटो निर्माण ८ लाख, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
२) रातामाटा ब्रह्मा मन्दिर मर्मत तथा व्यवस्थापन ८ लाख । (संघीय सरकार) कार्यान्वयन हुन बाँकी ।
पर्यटन तर्फ कुल जम्मा १६ लाख ।
शिक्षा पुर्वाधार विकास तर्फ
१) शिशु कल्याण मावि हारिचार
क) दुइ कोठे पक्की भवन निर्माण १६ लाख ।
ख) ICT ल्याब खरिद तथा निर्माण ६ लाख ५० हजार ।
ग) शिक्षण सहयोग अनुदान (क्रमागत) १३ लाख ५० हजार, स्थानीय सरकार ।
घ) शिक्षण सहयोग अनुदान (क्रमागत) १२ लाख ९५ हजार ६ सय ४० संघीय सरकार ।
ङ) सोलार तथा शौचालय मर्मत २ लाख । कार्यान्वयन हुन बाँकी ।
२) जनमुखी आवि चौखेनेटा
क) दुई कोठे पक्की भवन निर्माण १६ लाख ।
ख) दुई कोठे साधारण भवन निर्माण २ लाख ५० हजार ।
ग) खानेपानी निर्माण तथा व्यवस्थापन २ लाख ।
घ) खेलमैदान निर्माण २ लाख ।
ङ) फर्निचर खरिद तथा भवन मर्मत १ लाख २५ हजार ।
च) शिक्षण सहयोग अनुदान (क्रमागत) ५ लाख ५० हजार, स्थानीय सरकार ।
३) कालिका आवि रातामाटा
क) दुई कोठे पक्की भवन निर्माण १६ लाख ।
ख) घेराबार तथा प्रवेश द्वार निर्माण ३ लाख ।
ग) सोलार, कम्प्युटर, ईन्टरनेट खरिद तथा जडान १ लाख ५० हजार ।
४) सरस्वती आवि चिनाली
– भवन मर्मत, घेराबार, फिल्ड निर्माण, फर्निचर निर्माण (क्रमागत) ५ लाख ।
शिक्षा पुर्वाधार तर्फ कुल जम्मा १ करोड ५ लाख ७० हजार ६ सय ४०।
स्वास्थ्य पुर्वाधार विकास तर्फ
१) आधारभूत स्वास्थ्य सेवा केन्द्र पानीचौर भवन, शौचालय, खानेपानी धारा निर्माण तथा व्यवस्थापन ६ लाख, स्थानीय सरकार ।
कृषि तथा पशुपालन तर्फ
१) उन्नत बीउ बिजन तथा पशुपालन, १ लाख ५० हजार, स्थानीय सरकार ।
२) भैसिको भकारो सुधार ४५ वटा (क्रमागत) १७ लाख ५० हजार, स्थानीय सरकार ।
३) रसिक स्टोर निर्माण (आलुको लागि) ६ लाख, स्थानीय सरकार ।
कृषि तथा पशुपालन तर्फ कुल जम्मा २५ लाख ।
– लक्षित वर्गको लागि सिलाई कटाई तथा सिपमुलक तालीम र वडा स्तरीय खेलकुद ८ लाख ५० हजार, स्थानीय सरकार
यसअघि नगरपालिकाले वडा नं. १ र ६ काे विवरण सार्वजनिक गरिसकेको छ।