माघ २६ काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेशका स्थानीय तहमा वैशाख ३० को निर्वाचन नमान्ने जनाएको छ।
‘नेपाल सरकारद्वारा स्थानीय तहको निर्वाचन घोषणा हुनु सकारात्मक छ’‚ विज्ञप्तिमा लेखिएको छ, मधेश प्रदेशमा विगतमा भएको स्थानीय तहको निर्वाचनको मिति २०७४ असोज २ गतेलाई दृष्टिगत गरी निर्वाचित पदाधिकारीको पाँच वर्षको पदावधि संविधानको धारा २१५ (६), २१६ (६) र २२० (५) अनुसार हुने भएकोमा कुनै निर्वाचित पदाधिकारीको विना कारण एक दिन पनि अधिकारबाट बञ्चित गर्न संविधानको मर्म र भावना विपरीत हुनेछ।’ मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलद्वारा हस्ताक्षर प्रेस विज्ञप्तिमा भनिएकाे छ।
त्यसैगरि महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सन्जिवकुमार साहले आफूहरूले ५ वर्षे कार्यकाल उपभोग गर्न नपाउने भन्दै स्थानीय तहको निर्वाचन वैशाख ३० मा नगर्न माग गरि सर्वोच्च अदालतमा परेकाे रिट माथि अदालतले दरपीठ गरेको छ ।
स्थानीय तह निर्वाचन ऐन बमोजिम अलग-अलग मितिमा सम्पन्न भएको निर्वाचन पहिला चरणमा भएको मितिमा सम्पन्न भएको प्रावधान रहेकाले उक्त रिट निवेदकको दाबी आधारहीन भएकोले दरपीठ गरिएको सर्वोच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थीले बुधबार जारी गरेकाे आदेशमा उल्लेख छ।