माघ २४ काठमाडौं – हिउँ खेल्न चन्द्रागिरि डाडाँमा गएपछि बेपत्ता भएका पाँच जनालाई प्रहरीले ५ घण्टापछि सकुशल उद्धार गरेको छ।

बेपत्ता भएका एकै परिवारका पाँच जनाको खोजीकार्य गर्दा आइतबार मध्यराति झन्डै १ बजे फेला पारेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

काठमाडौं चन्द्रागिरी नगरपालिका–६ महादेवस्थान बस्ने एकै परिवारका २३ वर्षिय रिता गुरुङ, १५ वर्षिय सौभाग्य, १३ वर्षिय सहज, ११ वर्षिय जेनिसा र ७ वर्षिय एरविन गुरुङ आइतबार हिउँ खेल्न चन्द्रागिरी पुगेका थिए । उनिहरु घर नफर्के पछि परिवारले खाेजि गरिदिन प्रहरीलाई आइतबार बेलुका ८ बजेपछि खबर गरेकाे थियाे। प्रहरीले भेटाएपछि उनिहरुकाे स्वास्थ्य परीक्षण गरि परिवारकाे जिम्मा लगाइएको छ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेय सहित महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप, विपद् व्यवस्थापन गुल्म सामाखुसी सहित ३७ जनाको टोली खोजी कार्यमा जुटेको थियो।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार