माघ २३ सल्यान – बागचौर नगरपालिकाले वडा नं. १ मा पाँच वर्षको अवधिमा सम्पन्न गरेका र हुँदै गरेका ३ लाखभन्दा माथिका विकास याेजनाहरुकाे प्रारम्भिक विवरण सार्वजनिक गरेकाे छ ।
पाँच वर्षको अवधिमा संघ, प्रदेश र स्थानीय सरकारबाट निर्माण सम्पन्न भएका र निर्माण हुने क्रममा रहेका विकास आयोजनाहरुको प्रारम्भिक विवरण अनुसार वडा नं.१ को कुल जम्मा विनियोजित बजेट रकम रु.५ करोड ७६ लाख २ हजार २९८। रहेकाे नगरपालिकाले जनाएको छ।
सडक पुर्वाधार
कुल जम्मा सडक पुर्वाधार तर्फ १ करोड ६७ लाख १३ हजार २ सय ९८ ।
१) सहिद रिङरोड बरारुख, कोटबेत, हुर्की बजार हुँदै जीउला बाउगाउँ, सिर्सेनी, बयालेसम्म ट्रयाक ओपन तथा स्तरवृद्धि (क्रमागत) ८६ लाख ८२ हजार ४ सय ९८ वडा नं. १ को मुलढोका (विकासको मेरुदण्ड) को रूपमा विकास हुँदै ।
२) चारखोला मोटरबाटो पुल १२ लाख ।
३) धारेखोला देखि चौरेलको घरसम्म सडक स्तर वृद्धि ३ लाख ।
४) सिर्सेनी देखि बिसाउनसम्म सडक ट्र्याक ओपन ४ लाख ।
५) बयालडाँरी, ठिनबाङ, घारिखोला, पातिहाल्न सडक ट्र्याक ओपन तथा स्तर वृद्धि (क्रमागत) १२ लाख ।
६) उचाल्ने, माल्झुङ सडक ट्र्याक ओपन २० लाख, प्रदेश सरकार ।
७) ध्याप, बजारपाटा सडक निर्माण ५ लाख, स्थानीय सरकार ।
८) महादेव मन्दिर देखि कोटबेतसम्म सडक निर्माण ३ लाख ।
९) सार्की चौर, वडा कार्याल हुँदै महादेव आविसम्म जोड्ने सडक निर्माण ८ लाख (क्रमागत) ।
१०) १ नं. वडाका सम्पुर्ण सडकहरू मर्मत ५ लाख (क्रमागत), स्थानीय सरकार ।
११) मुख्य सडकहरू मर्मत सम्भार (लेन्थ वर्कर पारिश्रमिक), ८ लाख ३० हजार ८०० (क्रमागत), स्थानीय सरकार।
विद्युत लाइन विस्तार
विद्युत लाइन विस्तार तर्फ जम्मा रु.६५ लाख ५० हजार ।
१) सिर्सेनी, घारिखोला, बाउनिगाउँ, चारखोला विद्युत लाईन विस्तार २३ लाख, स्थानीय सरकार ।
२) ठिनबाङ जिउला र दलित बस्ती विद्युत लाइन विस्तार २० लाख, स्थानीय सरकार ।
३) कोटबेत, ध्याप, स्यानिहम्पाल विद्युत लाइन विस्तार २२ लाख ५० हजार (क्रामागत), स्थानीय सरकार ।
खानेपानी
खानेपानी तर्फ कुल जम्मा १ करोड ४१ लाख ७७ हजार ।
१) उत्तिसेनि, किम्बास, सिर्सेनी, बाउनगाउँ खानेपानी मर्मत २२ लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
२) तुसारे खोला कोटबेत लिफ्ट खानेपानी योजना (क्रमागत) ६५ लाख ७७ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
३) फट्के गैराबेत लिफ्ट खानेपानी (क्रमागत) ३० लाख, स्थानीय सरकार ।
४) काँराचौर, दमाईगाउँ खानेपानी ४ लाख ५० हजार ।
५) पातिहाल्न चारखोला खानेपानी योजना ६ लाख, स्थानीय सरकार ।
६) ठिनबाङ दलित बस्ती खानेपानी ट्यांकी निर्माण २ लाख ।
७) कोटबेत खानेपानी ट्यांकी निर्माण २ लाख ।
८) ध्याप खानेपानी ट्यांकी (माथिल्लो) निर्माण ३ लाख ५० हजार ।
९) ध्याप खानेपानी ट्यांकी (तल्लो) निर्माण २ लाख ।
१०) जामिरबोट खानेपानी ट्यांकी निर्माण २ लाख ।
११) ढुरीगारे खानेपानी ट्यांकी निर्माण १ लाख ।
१२) ढाँरागाउँ खानेपानी ट्यांकी निर्माण १ लाख ।
सिँचाइ पोखरी तथा कुलो निर्माण
सिँचाइ तर्फ जम्मा रु.५० लाख ।
१) कोटबेत धारापानी सिँचाइ योजना निर्माण २२ लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
२) न्यायघाट कालाखेत, बरारुख सिचाइ योजना ६ लाख ।
३) पनेरिखोला ध्याप सिचाइ कुलो १० लाख (क्रमागत) ।
४) गोर्खेखोला देखि जीउला सिँचाइ कुलो निर्माण ३ लाख ५० हजार ।
५) चारखोला देखि सिमखेतसम्म सिँचाइ कुलो मर्मत १ लाख ५० हजार ।
६) कलाखेत सिँचाइ कुलो क्रमागत ७ लाख ।
शिक्षा पुर्वाधार विकास
शिक्षा पुर्वाधार विकास तर्फ जम्मा रु.९८ लाख १९ हजार ५०० ।
१) श्री सरस्वती शारदा आवि ठिनबाङ
i) दुइकोठे भवन रु. १६ लाख
ii) खेलमैदान निर्माण ५ लाख
iii) भवन मर्मत, कार्यालय व्यवस्थापन, बालविकास कक्षा व्यवस्थापन रु ३ लाख ५० हजार ।
iv) १ नगर अनुदान शिक्षक ५ लाख ०७ हजार, स्थानीय सरकार ।
v) घेराबार तथा भवन मर्मत २२ लाख २७ हजार, मुख्यमन्त्री रोजगार कार्यक्रम (कार्यान्वयनको क्रममा रहेको)
२) श्री न्यायघाट आवि कोटबेत
i) दुइकोठे भवन रु. १६ लाख ।
ii) फर्निचर तथा कार्यालय व्यवस्थापन १ लाख ५० हजार ।
iii) ICT ल्याब ६ लाख ५० हजार, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ।
iv) खेलमैदान निर्माण ३ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
v) शिक्षण सहयोग अनुदान ५ लाख ०७ हजार ।
३) श्री महादेव आवि चौखे
i) दुई कोठे भवन निर्माण ५ लाख ।
ii) फर्निचर तथा खेलमैदान निर्माण ५ लाख ३८ हजार ५००, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी (कार्यान्वयन हुन बाँकी) ।
iii) शिक्षण सहयोग अनुदान ३ लाख ९० हजार, स्थानीय सरकार ।
iv) आन्तरिक दरबन्दी मिलानबाट प्रावि तहको १ स्थायी दरबन्दी व्यवस्थापन गरिएको ।
कृषि तथा पशुपालन
१) सिर्जनशील बहुउद्देश्यीय कृषि तथा पशुपालन कम्पनी लिमिटेड बानपा १ अनुदान, २० लाख, स्थानीय सरकार ।
गोरेटो बाटो निर्माण
गोरेटो बाटो निर्माण तर्फ जम्मा रु.१० लाख ३४ हजार ।
१) ध्याप गैराबेत बजारपाटा गोरेटो बाटो निर्माण २ लाख ५८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
२) बगराखोला देखि ढुङ्गे बिसौनीसम्म गोरेटो बाटो निर्माण २ लाख ५८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
३) लामाडाँडा देखि जीउलासम्म गोरेटो बाटो निर्माण २ लाख ५८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
४) बयालडाँरी देखि ठिनबाङसम्म गोरेटो बाटो निर्माण २ लाख ५८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
अन्य विविध
जम्मा रु.२३ लाख ०८ हजार ५०० ।
१) वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता ३ लाख ५० हजार ।
२) लक्षित वर्गका सिपमुलक तालिम (सिलाईकटाई तालिम) ५ लाख (क्रमागत)
३) रिचार्ज पोखरी निर्माण २ लाख ५८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
४) खरको छानो विस्थापन (५ वटा) २ लाख ५० हजार, प्रदेश सरकार ।
५) आमा समुहहरुको लागि बैठक भवन निर्माण (३ वटा), ७ लाख, स्थानीय सरकार ।
६) ठिनबाङ गोर्खेखोला र तुसारेखोला मसानघाट प्रतिक्षालय निर्माण २ लाख ५० हजार । ।