माघ २३ काठमाडौ – भौतिक उपस्थितिमा आगामी फागुन १ गतेबाट विद्यालय खाेल्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले देशभरका विद्यालय खुलाउन सरकारलाई सिफारिस गरेकाे छ।

आइतबार बसेको सिसिएमसीको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरि सकेसम्म सबै विद्यालय पुर्णरुपमा र त्यसाे नभए आलोपालो प्रणालीबाट कक्षा सञ्चालन गरेर वैकल्पिक रुपमा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गृह मन्त्रालयलाई एकैसाथ सिफारिस गरेको सिसिएमसीकी प्रवक्ता सुनिता नेपालले बैठक पछि सञ्चारकर्मीहरुलाई बताइन्।

१२ वर्ष माथिका विद्यार्थीहरुले काेभिड विरुद्धको खाेप लिईसकेकाे र लिनेक्रममा रहेकाले नियमित कक्षा सञ्चालन गर्ने र १२ वर्ष मुनिकालाई आलोपालो प्रणालीबाट कक्षा सञ्चालन गर्न सकिने सिफारिसमा उल्लेख छ।

सरकारले कोरोना कारण गत पुस २७ गतेदेखि माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेकाे मा जोखिम कायमै भएपछि पुनः विदा लम्ब्याएर माघ मसान्तसम्म गर्ने निर्णय गरेकाे थियाे। तर कतिपय स्थानीय तहहरुले भने आफुखुशी विद्यालय निरन्तर संचालन गरिरहेका छन।

प्रकाशित मिति : २०७८ माघ २३ गते आइतवार