माघ २२ स्याङ्जा – जीप दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा बिरुवा गाउँपालिका ३ खालि बस्ने २६ वर्षिय जीप चालक बेल बहादुर थापा र यात्रु साेहि ठाउँका ३२ वर्षि भेष बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

शनिबार दिउँसो बिरुवा गाउँपालिका -३ धोवादी स्थित भित्रि सडक खण्डमा विरूवाबाट खाली भन्ने ठाउँ तर्फ जाँदै गरेको ग१ज ५९३९ नम्बरको जीप सडक देखी अन्दाजी ५०० मिटर तल खसेको थियाे।

जीपमा दुई जना मात्रै सवार रहेकाे पाइएको र घटनाकाे खबर पाए लगत्तै गएकाे प्रहरी टाेलीले दुवै जनाकाे शव निकाली पोष्टमार्टमको लागि जिल्ला अस्पताल स्याङ्जा पठाईएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक राजिब बहादुर बस्नेतले बताए।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार