माघ २२ प्युठान – जन्ती सवार जिप दुर्घटना हुदा ८ जनाकाे ज्यान जाने गरि भएकाे दुर्घटनामा परि नेपाली कांग्रेस गौमुखी गाउँपालिका उपसभापति बसन्त खड्का सहित उनकी श्रीमती बसन्ता खड्का र छोरी एलिजा खड्काे मृत्यु भएको छ।

खडका यसअघि भएकाे कांग्रेसकाे महाधिवेशनबाट गाउँपालिका उपसभापतिमा चयन भएका थिए।

नौबहिनी गाउँपालिकाको लुङमा विवाह सकेर बेहुली लिएर गौमुखी गाउँपालिका लिवाङ तर्फ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप शनिबार बिहान ३ बजेतिर अनियन्त्रित भई सडकबाट झण्डै ३०० मिटर तल खाेचमा खसेकाे थियाे।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार