माघ २२ प्युठान – जन्ती सवार जीप दुर्घटना हुदा ६ जनाकाे घटनास्थलै र दुई जनाकाे उपचारका क्रममा गरि आठ जनाको मृत्यु भएको छ।
नौबहिनी गाउँपालिकाको लुङमा विवाह सकेर बेहुली लिएर गौमुखी गाउँपालिकाे लिवाङ तर्फ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप शनिबार बिहान ३ बजेतिर अनियन्त्रित भई सडकबाट झण्डै २०० मिटर तल खस्दा पाँचजना महिला र तीन पुरुष रहेकाे जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
मृतकको सनाखत हुन नसकेको र मृतककाे संख्या अझै बढन सक्ने हुदा अझै घटनाबारे पूरा विवरण एकिन नभएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए।
घाइते सबैकाे अहिले जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको र दुईजना गम्भीर रहेकाले जिल्ला बाहिर रिफर गर्न तयारी भईरहेकाे प्रहरी नायव उपरीक्षक थापाले बताए।