माघ २२ सुनसरी – बस र ट्रक एक आपसमा ठाेकिदा चार जनाकाे मृत्यु भएको छ।

सुनसरीको लौकही स्थित भोक्राहा नरसिंह ३ र ६ को सिमानामा रहेको पुल नजिक यात्रुवाहक बस र मालवहाक ट्रक शुक्रबार बेलुका ८ बजेतिर ठाेकिदा आगलागी भएको हाे। पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको काँकडभिट्टाबाट काठमाडौँका लागि छुटेको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सिमेन्ट बोकेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा ठाेकिदा ट्रक र बस चालक सहित अन्य २ जनाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

बस र ट्रकमा लागेको आगाे करिब २ घण्टा पछि नियन्त्रण लिइएको थियाे। दुवै सवारी आगलागीबाट पुर्णरुपमा ध्वस्त भएकाले मृतककाे संख्या अझै बढन सक्ने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार