माघ २१ कपिलवस्तु – एक गर्भवती महिलाको हत्या आरोपमा बाबू छाेरालाई प्रहरीले पक्राउ गरेकाे छ।

यसोधरा गाउँपालिका-८ सिहंखोर बस्ने २० वर्षीया रहिसुन निसाको हत्या गरेको आरोपमा मृतक निसाका श्रीमान २२ वर्षीय मोहम्मद नसिम र उनकाे ससुरा बुवा ५० वर्षीय अब्बासलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

दुई महिनाको गर्भवती रहेकि निसालाई रहस्यमय ढंगले हत्या गरि खाडलमा गाडेर सदगत गरि सकेकाे अवस्थामा प्रहरीले फेला पारेकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।

उक्त शव उत्खनन गरी शुक्रबार पोष्टमार्टमको लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरी उपरीक्षक कार्कीले बताए।

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार