माघ २१ सल्यान – संघीय सरकारबाट काेभिड नियन्त्रणकाे लागि जारी आदेश पालना गर्न जिल्ला प्रशासन कार्यालय सल्यानले निर्देशन दिएकाे छ।
गृह मन्त्रालय अन्तर्गतकाे ( शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा) काे गत १६ गतेकाे पत्र अनुसार काेभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकाे गत १४ गतेकाे निर्णय अनुसार जिल्ला स्थितका सबैले उक्त आदेश पालना गर्न शुक्रबार एक सुचना सार्वजनिक गर्दै निर्देशन गरेकाे छ।
सार्वजनिक स्थलमा भिडभाड हुने सिनेमा हल, जिमखाना, क्लब, हेल्थ कल्ब, फुटसल तथा हाट बजारहरु जस्ता कार्यक्रम संचालन नगर्न, विद्यालय, कलेज, क्याम्पस, ट्युसन सेन्टर जस्ता शैक्षिक गतिविधि भौतिक रुपमा नभई वैकल्पिक उपाय अनलाइन मार्फत गर्न आगामी माघ मसान्तसम्म पालना गर्न उक्त सुचनामा उल्लेख छ।
त्यसैगरी पुर्व निर्धारित परीक्षाहरुकाे हकमा भने जनस्वास्थ्य मापदण्डअनुसार गत पुस ३० गतेकाे नेपाल सरकारकाे आदेश अनुसार गर्न र अहिले चलिरहेको विद्यालय स्तर र सर्वसाधारणलाई दिईरहेकाे काेभिड विरुद्धको खाेप अभियान पुर्णरुपमा चलाउन र खाेप आपूर्ति समेत सहज बनाउन सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काद्वारा हस्ताक्षर सार्वजनिक सुचनामा उल्लेख गरिएको छ।