माघ २० बाँके – श्रमिकको रुपमा रहेका दुई किशोरहरुलाई भारतबाट प्रहरीले उद्दार गरेकाे छ।

बुधबार भारतको लखनउ स्थित बाल श्रमिकको रुपमा रहेका रौतहट गढिमाई नगरपालिका ७ बस्ने १७ वर्षिय ईब्रान शेष र सुर्खेत रामपोखरी बस्ने १६ को बिकास थापालाई थ्री एन्जल्स बाँके, दिहात संस्था भारतको सहयोग र ईलाका प्रहरी कार्यालय जमुनाहको संयुक्त पहलमा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

ती दुवैको किशोरलाई उद्दार गरी नेपाल ल्याई सिविन नेपालको जिम्मा लगाई पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृृष्ण अधिकारीले बताए।

प्रकाशित मिति : २०७८ माघ २० गते बिहिवार