माघ १९ काठमाडौ – किसान आन्दोलन भन्दै विगत एक महिना यता मधेस प्रदेशमा सिके रावत नेतृत्वको जनमत पार्टीले आन्दोलन गरिरहेकाे छ।
किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, पेन्सन दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने लगायतका माग राखि विभिन्न चरणवद्व आन्दोलन गर्दै आएकाे जनमतले बिहीबारदेखि पूर्व-पश्चिम राजमार्ग पूर्ण रूपमा बन्द गर्ने जनाएको छ।
भोलि २० गतेदेखि पुर्व पश्चिम राजमार्ग बन्द गर्ने कार्यक्रमको पूर्वसन्ध्यामा विभिन्न जिल्लामा किसान आन्दोलनकारीहरुद्धारा मसाल जुलुस प्रदर्शन। किसानहरुको माग राज्यले नसुनेपछि भोलिदेखि राजमार्ग नै ठप्प पार्न भेला भई शासकहरुलाई झुकाउन निरन्तर लागेकाे रावतकाे सचिवालयले जनाएको छ।
यसअघि जनमतले छिट्या, उखु, हलाेजुवा, प्राट जस्ता कृषि सामाग्रीहरु सडकमै ल्याएर प्रदर्शन समेत गरेकाे थियाे।