माघ १८ काठमाडौं – नेपाल आयल निगमले यसअघि पेट्रोलियम पदार्थको मूल्य बढाएकाे १५ दिनमै फेरि बढाएकाे छ।
निगमले मङगलबार बेलुका विज्ञप्ति निकाल्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रूपैयाँले बढाएको छ। याे मूल्य संगै अब पेट्रोलको मूल्य प्रति लिटर १ सय ४२ रूपैयाँ, डिजेल र मट्टितेलको प्रति लिटर मूल्य १ सय २५ रूपैयाँ कामय हुने छ।
निगमले आन्तरिक हवाई इन्धनमा पनि प्रति लिटर १० रुपया बढाएकाे छ। याे मुल्यसंगै आन्तरिक हवाई इन्धनको मूल्य १ सय १६ रूपैया मूल्य कायम हुने छ। एलपी ग्यासको मूल्य भने यथावत राखेकाे निगमले जनाएको छ। नयाँ मूल्य राति १२ बजेबाट लागू हुने छ।
विगत १५ दिनमात्रै निगम २ अर्ब ६० कराेड घाटामा गएकाे जनाएको छ। यहि अनुसार भए महिनामा ५ अर्ब २० कराेड घाटामा जाने देखिएकाे निगमले जनाएको छ।