माघ १८ बर्दिया – घर अगाडि आगाे तापिरहेकाहरुलाई टिपरले ठक्कर दिदा दुई जनाकाे मृत्यु भएको छ।

बढैयाताल गाँउपालिका ३ सतपतियामा साेमबार बेलुका करिब ८ बजेतिर  भे १ क १४९५ नम्बरको टिपर अनियन्त्रित भई घर अगाडी आगो तापिरहेका ५ जनालाई ठक्कर दिदा ४५ वर्षीय सोम बहादुर विकको घटनास्थलमै र ४५ वर्षिय रामु थारुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज नेपालगंजमा गएराति करिब १० बजे तिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

घाइते हुनेमा ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षीया चमेलिया थारु र टिपरका सहचालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय लक्ष्मण सुनार रहेका छन। उनिहरुकाे उपचार भइरहेकाे र टिपर चालक सुर्खेत बिरेन्द्रनगर नगरपालिका -११ बस्ने ३३ वर्षिय दुर्गा बिकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय मैनापोखरले अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए।

प्रकाशित मिति : २०७८ माघ १८ गते मङ्गलवार