माघ १६ काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाहीकाे माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेकाे छ।

अध्यक्ष ओली विरुद्ध संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको आराेपमा सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारी र वीरेन्द्र मडैले आइतबार उजुरी दर्ता गरेका छन।

अध्यक्ष ओली कोभिड संक्रमित हुँदा गत १२ गते एमालेको भ्रातृ संगठन युवा संघले बालकाेटमा आयाेजना गरेकाे कार्यक्रममा सहभागी भइ हुलहुज्जत गरी आफुलाई सामान्य संक्रमण मात्र भएको समेत बताएका थिए।

उक्त विषय प्रति विभिन्न सञ्चार माध्यमले समाचार सम्प्रेषण गरिसकेको र उनी सहभागी रहेकाे फाेटाे सहित उजुरीका साथ संलग्न राखि पेस गर्दै आम जनमानसमा काेराेना सामान्य रुघा खाेकि हाे भन्दै भ्रम सिर्जना गर्ने गरेकाे हुदा अध्यक्ष ओलीले संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेकाले प्रचलित कानुन बमोजिम आवश्यक कारवाही गरी पाउ भन्ने उजुरीमा उल्लेख छ।

प्रकाशित मिति : २०७८ माघ १६ गते आइतवार