माघ १५ राेल्पा – गृह मन्त्रालयले सार्वजनिक स्थलहरुमा भिडभाड हुने खालका गतिविधि नगर्न र गर्नै परे स्वास्थ्य मापदण्डको पालना गरि २५ जनाभन्दा बढी मान्छे जम्मा भएर कुनै कार्यक्रम नगर्न निर्देशन दिए अनुसार साेहि निर्णयलाई कार्यन्वयन गर्दै सबै जिल्ला प्रशासन कार्यालयहरुले पनि साेहि अनुसारको आदेश जारी गरेका छन।

तर उता लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी भने आफ्नै गृह जिल्ला राेल्पा पुगेर सार्वजनिक कार्यक्रम सहभागी भएपछि गृहकाे निर्देशन विपरीत भएको कार्यक्रममा सहभागी भएको भन्दै आलोचना भएको छ। गृह र प्रशासनको निर्देशनलाई उल्लङ्घन हुने गरी सभामुख पूर्णबहादुर घर्ती, आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा सहितको टोली लिएर बिहीबार गृह जिल्ला राेल्पामा उद्घाटन र सभामा सहभागी भएका हुन।

तस्बिर: सामाजिक सञ्जालबाट

मुख्यमन्त्री केसी सहित प्रदेश स्तरीय टाेली र प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा बिहीबार रोल्पाको कोटगाउँ प्रहरी चौकीको भवन उदघाटन र शुक्रबार बिहान लिबाङमा आयोजित प्रेस सेन्टर रोल्पाको कार्यक्रममा २५ जनाभन्दा बढी संख्यामा जम्मा भएका सहभागीहरु बिचमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री शर्मा मास्क समेत नलगाई भीडमा खुल्ला रुपमा सहभागी थिए।

तस्बिर ; सामाजिक सञ्जालबाट

प्रमुख जिल्ला अधिकारी के भन्छन् ?

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले संवेदनशील क्षेत्र भएकै कारण स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रम गरिएको बताउँछन्।

जनसहारा अनलाइन संग कुरा गर्दै प्रजिअ सापकोटाले भने; पार्टी गत नभई प्रशासनिक निकाय र स्वास्थ्य संग पनि जाेडिएकाे कार्यक्रम हाे। त्यसमा हामीले तामझामका साथ गर्ने गरि कसैलाई बाेलाएनौ सरकारी कार्यालयका केही कर्मचारी, सुरक्षा निकायका टाेली मुख्यमन्त्री सहित प्रदेश सरकारबाट आएका टाेलिकाे र त्यहि वरपरका केहि मान्छे सहभागी भएपनि गृहकाे निर्देशन आदेश विपरीत कार्यक्रम नभएको बताए।

दारबाेट क्षेत्रमामा पछिल्लो समय लागु औषध तथा हत्याका घटना निकै बढन थालेकाे भन्ने गुनासाेका आधारमा त्यहाका बासिन्दालाई सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षाकर्मी खटाउनु पर्ने भएपछि बनिसकेको भवन प्रयाेगमा ल्याउन सामान्य रुपमा उदघाटन गरिएकाे प्रजिअ सापकोटाले बताए।

अत्यावश्यक बाहेकका गतिविधि नगर्न जिल्ला प्रशासनले आदेश जारी गरिसकेको र आफुले व्यक्तिगत रुपमा पनि निर्देशन दिने गरेकाे बताए।

उसाे त पछिल्लो समय राेल्पामा काेभिड संक्रमितहरुकाे संख्या पनि बढिरहेको छ। पछिल्लो समय जिल्ला अस्पताल राेल्पाकाे तथ्यांक अनुसार बिहीबार नै जम्मा २८६ जनामा परीक्षण गर्दा १७९ जनामा संक्रमित पुष्टि भएकाे थियाे। स्वास्थ्यकर्मी मात्रै २० जना भन्दा बढी संक्रमित भइसकेका छन।

संघीय सरकारकाे निर्देशन मान्दैनन् स्थानीय तह

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गत पुुस २६ गते विज्ञप्ति जारी गर्दै माघ १५ अर्थात (आज शनिबार ) सम्म देशभरका शैक्षिक संस्थाहरुमा वैकल्पिक रुपमा अनलाइन माध्यमबाट पठनपाठन गर्न वा बन्द गर्न निर्देशन दियाे तर यता राेल्पाका कतिपय स्थानीय तहले भने त्याे स्विकार गरेनन्।

जिल्लाकाे गंगादेव गाउँपालिकाले अनलाइन बाट पठनपाठन सम्भावना नहुने भन्दै पालिका भित्रका विद्यालयहरु यथास्थितिमा खाेल्न भन्दै निर्देशन दियाे। त्यसपछि साेहि गाउँपालिका -३ मा रहेकाे भगवती आधारभूत विद्यालयका ४ जना शिक्षकमा काेभिड संक्रमण देखिएपछि चिसाे बढेर पठनपाठन अस्तव्यस्त भएकाे भन्दै एक हप्ताका लागि गत ९ गते देखि १६ गते सम्म सबै विद्यालय बन्द गर्न र सबै नागरिक पालिका बाहिर गएर आउदा पिसिआर रिपोर्ट अनिवार्य ल्याउन निर्देशन दिएकाे हाे।

त्यस्तै उता सुनछहरी गाउँपालिकाले पनि पालिका भित्रका विद्यालय बन्द गरेन। त्यहा पनि पालिका भित्रका विद्यालयमा अध्यापनरत शिक्षकहरुमा काेभिड संक्रमण देखिए पछि नेपाल शिक्षक महासंघले गाउँपालिकालाई स्वास्थ्य मापदण्ड अपनाई विद्यालय खाेल्न वा वैकल्पिक उपाया अवलम्बन गर्न ध्यानाकर्षण पत्र समेत बुझाएकाे थियाे।

त्यसैगरी त्रिवेणी गाउँपालिकाले भने झन तामझामका साथ सार्वजनिक कार्यक्रम सम्पन्न गरेकाे हाे।

बालश्रम मुक्त गाउँपालिका घाेषणा गर्ने भन्दै गाउँपालिकाले गत पुस २९ गते आफ्नो पालिका भित्रका प्राथमिक विद्यालय १८, आधारभूत विद्यालय ८ र माध्यमिक विद्यालय १२ गरि ३८ वटा विद्यालयलाई एकै ठाउमा भेला गराई कार्यक्रम गरेकाे हाे।

यस्तो परिस्थितिमा कार्यक्रम नगर्न सुझाव तथा निर्देशन दिने निकायहरुबाट नै जाेखिम माेलेर सभा तथा कार्यक्रमहरु गर्नु अहिलेकाे अवस्थामा चुनौतीपुर्ण रहेकाे मानिन्छ।

प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार