माघ १५ सल्यान – अटाे दुर्घटना हुँदा अटाे चालककाे मृत्यु भएकाे छ।

शनिबार दिउँसो त्रिवेणी गाउँपालिका लुहामबाट टुनिबाेटतर्फ जाँदै गरेकाे रा १ ह ५०५२ नम्बरकाे खाली अटाे दुर्घटना हुँदा चालक त्रिवेणी गाउँपालिका ५ मुलाबारीका अन्दाजी ४४ वर्षिय टेक बहादुर विककाे मृत्यु भएकाे हाे। अटाे सडकबाट करिब ५० मिटर तल खसेकाे ईलाका प्रहरी कार्यालय लुहामले जनाएकाे छ ।

दुर्घटनाकाे खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी नायब निरीक्षक जयराम बुढाथाेकीकाे नेतृत्वमा प्रहरी टाेली पुगि घटनाकाे अनुसन्धान गरि उद्दार गरिएकाे र गम्भीर घाइते बनेका चालक विककाे उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा दिउँसाे करिब साढे १ बजेतिर मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताए।

प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार