माघ १५ सल्यान – प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा प्रेस सेन्टर बागचौरले स्थापना दिवस मनाएको छ ।
शनिबार (आज) एक कार्यक्रमका बिच सेन्टरले आफ्नाे स्थापना दिवसकाे अवसरमा चिसाे बढेसंगै काेभिडका बिरामीलाई केही राहत हुने भन्दै बागचौर आइसाेलेशन केन्द्रलाई एक थान हिटर हस्तान्तरण गरि “दिगो विकासमा पत्रकारहरुको भूमिका विषयक” अन्तरक्रिया कार्यक्रम समेत गरेकाे छ ।
अन्तक्रिया कार्यक्रममा बाेल्दै नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश सदस्य तथा बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले समाजमा लुकेर रहेका विषयलाई उठान गरी अघी बढ्न आग्रह गरेका छन । उनले पत्रकारिताकोे मुल उद्देश्यलाई प्राथमिकतामा राखी सत्य, तथ्य र वास्तविक समाचारलाई जनतामाँझ राख्न सक्नु पर्ने बताए । सतही समाचारलाई भन्दा पनि खोज र अनुसन्धानमुलक समाचारलाई जोड दिन उनले आग्रह गरे । मुलुकका हरेक परिवर्तनमा सञ्चारमाध्यमको विशेष भूमिका रहने बताउँदै बुढाथोकीले मुलुकको आमुल परिवर्तनमा प्रेस सेन्टरले खेलेको भूमिका विर्सन नहुने समेत बताए ।
त्यसैगरी प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य दीपक शर्माले समाज परिवर्तनका लागि सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताएका छन् । जनयुद्धको जगमा स्थापना भएको प्रेस सेन्टर नेपालले प्रतिगमन र समाज परिवर्तनको उल्लेखनीय भूमिका खेलेको बताए । शर्माले देश, जनता र श्रमजीवि वर्गको हितमा आफ्ना कलम चलाउनु पर्ने बताए । समाजमा लुकेर रहेका विषयलाई गहन अध्ययनगरी उजागर गर्न आग्रह गरे ।
नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश सदस्य ज्ञानेश्वर केसीले श्रमजीवि जनताको आवाजलाई उठान गर्न पत्रकार अग्रसर हुनु पर्ने बताए । राजनीतिक आस्था फरक फरक भएपनि जनतामा सत्य र वास्तविक सूचना सम्प्रेषण गर्न सबैमा आग्रह गरे ।उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य एवम् बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकी, प्रदेश कमिटी सदस्य एवम् नगर उप-प्रमुख कल्पना पुन, नेकपा एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य ज्ञानेश्वर केसी, नेपाली कांग्रेस बागचौर नगर सभापति दिपेश डिसी, नेकपा माओवादी केन्द्र नगर कमिटी सदस्य एवम् बागचौर न.पा.वडा नं.५ का का.वडाध्यक्ष विक्रम रावत, प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य दिपक शर्मा, प्रेस सेन्टर नेपाल सल्यानका उपाध्यक्ष महेश कुमार ओली, प्रेस चौतारी सल्यान उपाध्यक्ष झक्कु प्रसाद शर्मा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।