माघ १४ काठमाडौ – गृह मन्त्रालयले बिहीबार सार्वजनिक स्थलमा अनुमति बिना फाेटाे तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्नेलाई कारबाही हुने चेतावनी सहितकाे विज्ञप्ति प्रति नेपाल पत्रकार महासंघकाे ध्यानाकर्षण भएको जनाएको छ।

महासंघ नागरिकको गोपनीयताको हकको विषयमा उत्तिकै सचेत र संवेदनशील रहेको भन्दै गृह मन्त्रालयको उक्त निर्देशनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेतर्फ पनि सरकार ध्यानाकर्षण रहन समेत महासंघले अनुरोध गरेकाे छ।

गृह मन्त्रालयकाे विज्ञप्तिमा सार्वजनिक स्थलमा ख्यालठट्टा, मजाक भन्दै विभिन्न व्यक्तिकाे फाेटाे तथा भिडियाेहरु सामाजिक सञ्जालमा मनपरि रुपमा राखेर सम्बन्धित व्यक्तिलाई मानसिक तथा शारीरिक पीडा दिएकाे सुचना पछिल्लो समय धेरै आउन थालेपछि सचेत रहन भन्दै विज्ञप्ति सार्वजनिक गरेकाे हाे

यस्ता गतिविधिबाट व्यक्तिमा मानसिक तथा शारीरिक तनाव, वादविवाद, द्वन्द्व सामाजिक सुव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रभाव लगाएतलाई मनन नगरी व्यक्ति तथा प्रतिष्ठालाई समेत दृष्टिगत नगरी यसरी अनुमति बिना सामाजिक सञ्जालमा फाेटाे भिडियो सार्वजनिक गर्ने जाे काेहिलाई प्रचलित ऐन बमोजिम कारबाही गरिने मन्त्रालयले सार्वजनिक गरेकाे विज्ञप्तिमा उल्लेख छ।

गृह मन्त्रालयले बिहीबार सार्वजनिक गरेकाे विज्ञप्ति

यता महासंघका महासचिव राेसन पुरीद्वारा हस्ताक्षर विज्ञप्तिमा मा भनिएको छ; गृह मन्त्रालयद्वारा २०७८ माघ १३ गते जारी प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल प्रयोग हुन सक्नेतर्फ महासंघको ध्यानाकर्षण भएको हो ।

विज्ञप्तिमा उल्लेख ‘व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने’ भन्ने जस्ता वाक्याङ्श प्रेस स्वतन्त्रताविरुद्ध प्रयोग हुन सक्नेतर्फ महासंघ सरकारको ध्यानाकर्षण गराउन चाहन्छ । महासंघ संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी
महासचिवपत्रकार महासंघले सार्वजनिक गरेकाे विज्ञप्ति

प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रवार