माघ १३ काठमाडौ – सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको इच्छा विपरीत फाेटाे तथा भिडियो सामाग्री सामाजिक सञ्जालमा राख्नेलाई कारबाही हुने गृह मन्त्रालयले चेतावनी दिएकाे छ।
बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै ख्यालठट्टा, मजाक भन्दै विभिन्न व्यक्तिकाे फाेटाे तथा भिडियाेहरु सामाजिक सञ्जालमा मनपरि रुपमा राखेर सम्बन्धित व्यक्तिलाई मानसिक तथा शारीरिक पीडा दिएकाे सुचना पछिल्लो समय धेरै आउन थालेपछि मन्त्रालयले सचेत बनाउदै विज्ञप्ति सार्वजनिक गरेकाे हाे।
अनुमति बिना गरिने यस्ता गतिविधिबाट व्यक्तिमा मानसिक तथा शारीरिक तनाव, वादविवाद, द्वन्द्व सामाजिक सुव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रभाव लगाएतलाई मनन नगरी व्यक्ति तथा प्रतिष्ठानलाई समेत दृष्टिगत नगरी यसरी अनुमति बिना सामाजिक सञ्जालमा फाेटाे भिडियो सार्वजनिक गर्ने जाे काेहिलाई प्रचलित ऐन बमोजिम कारबाही गरिने मन्त्रालयले सार्वजनिक गरेकाे विज्ञप्तिमा उल्लेख छ।