माघ १२ काठमाडौ – नेपालकाे प्रारम्भिक जनसंख्या सार्वजनिक भएकाे छ।

बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार कुल २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको छ।

विभागले जनगणनाको दुई चरणमा गरेकाे थियाेे। पहिलो चरणको स्थलगत कार्य गत भदौ ३० देखि असोज १८ गते सम्म र कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणना सम्पन्न गरेकाे थियाे।

उक्त प्रारम्भिक तथ्यांक अनुसार महिलाको संख्या कुल १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या कुल १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । तथ्यांक अनुसार दस वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ वा १०.१८ प्रतिशतले बढेको छ। तर २०६८ सालकाे जनगणना भन्दा याे वर्ष भने वृद्धिदर कम छ। ०६८ काे जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत मात्रै छ।

यस प्रारम्भिक तथ्यांक गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लेखित विवरणका आधारमा सार्वजनिक गरिएको र अब बढीमा ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने गरि काम गरिरहेकाे विभागले जनाएको छ।

प्रकाशित मिति : २०७८ माघ १२ गते बुधवार