माघ ९ काठमाडौ – नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ।
आइतबार एक सूचना सार्वजनिक गर्दै क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबारबाट पछिल्लो समय धेरै ठगी धन्दा चलिरहेको भन्ने गुनासाे आएपछि आफ्नो ध्यानाकर्षण भएको बैंकले जनाएको छ।
नेपालमा विदेशी विनियम वा मुद्राका रुपमा भर्चुअल करेन्सीले कानुनी मान्यता नपाएको स्पष्ट पार्दै भर्चुअल करेन्सी तथा नेटवर्किङ लगायतका गैरकानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकाले त्यस्ता कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरू समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बैंकद्वारा सार्वजनिक सुचनामा उल्लेख छ।
यस्ता नेटवर्किङ काराेबार गर्नेहरु शहर केन्द्रित रहेकाेमा अहिले पछिल्लो समय गाउँगाउँमा समेत छाेटाे समयमा धेरै रकम आउने प्रलोभन देखाई ठगी धन्दा चलाइरहेकाे गुनासाे आउने गरेकाे छ।
यस्ता काराेबारमा संलग्न सम्बन्धित नेटवर्कका एजेन्ट(दलाल)हरुले विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाई त्यसकाे केही महिनामै दाेब्वर तेब्बर सम्म आम्दानी रकम आउने भन्दै प्रलोभनमा पारेर सुरुसुरुमा रकम जम्मा गर्नेहरुलाई विश्वास दिलाउन रकम दिने गरेकाे र पछि त्यहि विश्वासमा उनका ग्राहक बढेसंगै जम्मा रकम पनि बढने हुदा रकम लिएर सम्पर्क बिहिन हुने वा अनेक बाहानामा ठगी गर्ने पाइएकाे छ।