माघ ९ काभ्रे – हाेटल संचालन गरि अनैतिक गतिविधि गराउने ३ जना होटल संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा बनेपा नगरपालिका वडा नं. १० बस्ने अरनिको होटल एण्ड गेष्टहाउसको संचालक ४९ वर्षिय गोकुल पराजुली, वडा नं. ०७ स्थित चिया खाजा होटल पसल व्यबसायी ४१ वर्षिय चन्चला महत र वडा न. ८ कि क्याफे होटल संचालक ४२ वर्षिय मनमाया तामाङ रहेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
सामाजिक विकृती विसंगती फैलाउने तथा समाजिक मर्यादामा खलल पार्ने खालका अनैतिक गतिबिधिहरु भईरहेको छ भन्ने सर्वसाधारणको गुनासोकाे अधारमा शुक्रबार जिल्ला प्रहरी कार्यालय काभ्रेको टाेलीले बनेपा नगरपालिका स्थित विभिन्न स्थानमा संचालन गरिएका होटलहरुमा चेक जाँच गर्ने क्रममा बनेपा वडा नं.१० पुलबजार स्थितमा संचालित अरनिको होटल एण्ड गेष्ट हाउस, वडा नं. ७ गोदामचोकमा नाम नराखिएको चिया नास्ता खाजा घर र वडा नं. ०८ बसपार्क पछाडी संचालित नाम नराखिएको क्याफेका होटल संचालकहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जाेशीले बताए।