माघ ९ राेल्पा – सुनछहरी गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले रेडक्रस लाई सहयोग घोषणा गरेका छन।

नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङ रोल्पाको १३ औं साधारणसभा तथा ५ औं अधिवेशनको शुभकामना मन्तव्य राख्ने क्रममा गाउँ पालिका अध्यक्ष आशबहादुर पुनमगर,उपाध्यक्ष पबित्रा घर्तीमगर र प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले आआफ्नो ब्यक्तिगत ५/ ५ हजार सहयोग गर्ने घोषणा गरेका छन।

उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष पुनले रेडक्रसले विपदको समयमा गाउँपालिकालाई निकै नै ठूलो सहयोग पुर्याएको छ तर रेडक्रस एउटा मानवीय संस्था परिचालन गर्न प्रायः बजेट नहुने भएकोले रेडक्रसलाई विभिन्न कार्यक्रम गर्न र विपद कोषको लागि आफ्मो तर्फबाट सहयोग गरेको र गर्ने बताए। एक वर्ष अगाडि अध्यक्ष पुनले रेडक्रसको आजीवन सदस्यता समेत लिईसकेका छन।

त्यस्तै गाउँपालिका उपाध्यक्ष घर्तीले कोरोना महामारीको विपदको बेला रेडक्रसले गाउँपालिकाको दाहिने हात भएर काम गरेको हुनाले आफु पनि प्रभावित भएर आफुले सहयोग गर्ने बताउदै छिटै रेडक्रसको आजीवन सदस्यता लिने बताईन।
रेडक्रस एउटा विश्व व्यापी मानवीय संस्थाले युद्ध र विपदको समयमा सहयोग गर्ने संस्थाको आफनै स्रोत साधन बजेट नभए पनि रेडक्रस उपशाखा पोबाङले गाउँपालिका सङ्ग सहकार्य गरि निकै नै उदाहरणी काम गरेकोले आगामी दिनमा थप उदाहरणी कार्य गर्न विपद कोषलाई भनेर आफुले रेडक्रसलाईसहयोग घोषणा गरेको बताइन।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार