माघ ८ नेपालगन्ज — घुम्न गएकि युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपालगन्जमा बस्दै आएकि जाजरकोटकि एक १६ वर्षिय युवती साथिहरु संग शुक्रबार बेलुका करिब ५ बजेतिर खजुरा गएका बेला युवतीले फाेटाे खिच्ने क्रममा खजुरा गाउँपालिका–२ स्थित पुलचोकमा युवती संगै गएका ३ जना केटा साथीहरु नेपालगन्ज उप-महानगरपालिका वडा नं.१२ बेलासपुर बस्ने १७ वर्षिय आबिद खान, साेहि ठाउँका १५ वर्षिय सुरज बर्मा, वडा नं.१८ बस्ने १७ वर्षिय कृष्ण सिंह ठाकुरलाई कुटपिट गरि युवतीलाई दुई वटा माेटरसाइकलमा आएका ५ जनाकाे अज्ञात समुहले अपहरण गरेकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

युवतीलाई अपहरण गरी बलात्कार गर्नेमा खजुरा गाउँपालिका वडा नं.१ सैनिक बस्ने १८ वर्षिय हरिश सुनार, खजुरा १ चन्द्रनगर बस्ने अन्दाजी १७/१८ वर्षिय सुशान्त सुनार, अन्दाजी १८/१९ वर्षिय सुमित गाहा मगर, अन्दाजी १९/२० वर्षिय नविन थापा र बहादुरपुर बस्ने अन्दाजी २४/२५ वर्षिय नेप्टे गरि ५ जनाले अपहरण पछि बलात्कार गरेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

ति युवतीलाई हरिश सुनारले भे १० प ८६३ नं. मोटरसाईकलमा बसाली लिएकाे भन्ने खबर प्राप्त भए लगत्तै जिल्ला प्रहरी कार्यालय बाट प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेकाे कमान्डमा गएको प्रहरी टोली घटनास्थल पुगि हरिश सुनारको घर बाट सुनारलाई पक्राउ गरी पिडित युवतीलाई समेत सुनारकाे घरकोठाबाट उद्दार गरी पिडित संग सोधपुछ गर्दा सुनारले नाम थाहा नभएको जंगलमा र आफ्नो घर कोठामा पिडितलाई २ पटक बलात्कारकाे बयान दिएकाे र अन्य फरार ४ जनाकाे खाेजिकार्य भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

प्रकाशित मिति : २०७८ माघ ८ गते शनिवार