माघ ७ काठमाडौं – सत्तारुढ पाँचदलीय गठबन्धनले उच्चस्तरीय समन्वय समितिकाे बैठक सकिएकाे छ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह निर्वाचनबारे द्विविधा देखिएको निष्कर्ष निकाल्दै त्यसलाई प्रष्ट पार्न निर्वाचन आयोग र संविधान विद्हरूसँग छलफल गर्ने सहमति गरेर निर्णय गर्ने गरि बैठक सकिएको हाे।
यस अघिकाे स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन मितिलाई कुन निर्वाचनलाई सुरुकाे मिति मानेर पाँच वर्ष पूरा भएको मानेर अघि बढने भन्ने निर्णय लिन नसकेको र तिनवटा मिति मध्ये कुनलाई आधार मानेर आगामी स्थानीय तहको निर्वाचन गराउने भन्ने विषयमा अन्याेल भएपछि तत्काल केही निर्णय लिन नसकिने देखिएपछि निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने सहमति भएको बैठक पछि सञ्चारकर्मीलाई बैठक बारे जानकारी दिदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए।
त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजेका लागि स्थानीय तह निर्वाचन र संसद्को गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बोलाएका छन।