माघ ६ काठमाडौ – लोक सेवा आयोगले आफ्ना सबै लिखित परीक्षा स्थगित गरेकाे छ।
आयोगको बिहीबार बसेकाे बैठकले माघ मसान्तसम्म अहिले भइरहेकाे र बाँकी परीक्षाहरु सबै पछिल्लो समय कोरोना संक्रमण बढेपछि आयोगले अहिले लिइरहेको सबै प्रकारको लिखित परीक्षाहरू माघ मसान्तसम्म स्थगित गर्ने आयोगले जनाएको छ।
त्यसैगरी त्रिभुवन विश्वविद्यालयले पनि सबै परीक्षा स्थगित गरेको जनाएको छ। बिहीबार बसेको त्रिवि केन्द्रीय परीक्षा संचालक समितिको बैठकले कोरोना संक्रमण बढ्दै गएको भन्दै परीक्षा स्थगित गर्ने निर्णय गरेको सुचना सार्वजनिक गरेकाे छ।
हाल त्रिविद्वारा संचालित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षा माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको सुचनामा उल्लेख छ।